• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

दलित संघर्ष समितिद्वारा सिन्धुली घटनाको निष्पक्ष छानबिनको माग


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सिन्धुली जिल्लामा भएको एक दलित युवकको मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

    Advertisement

    समितिले राष्ट्रिय सभाका अध्यक्ष मार्फत संघीय सचिवालयलार्य आज सोमबार बैशाख २१ गते एक ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्रमा सिन्धुलीको सुनकोशी गाउँपालिका–५ का १६ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा मृत्यु भएको उल्लेख गरिएको छ । उक्त घटनालाई आत्महत्या भन्दै सार्वजनिक गरिएकोप्रति समितिले आपत्ति जनाउँदै यो घटनामा शंकास्पद रहेको र त्यसका लागि पर्याप्त आधार रहेको दलित संघर्ष समितिले जनाएको छ ।

    ज्ञापनपत्रका अनुसार पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा मानसिक तथा शारीरिक यातना दिइएको र त्यसकै कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । परिवारलाई ढिला जानकारी गराइएको, घटनास्थलको अवस्था र पोस्टमार्टम प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै समितिले छानबिनमा गम्भीर प्रश्न उठाएको छ ।

    समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न, संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र सुरक्षा प्रदान गर्न माग गरेको छ । साथै, देशभर दलित समुदायमाथि भइरहेका जातीय विभेद र हिंसाका घटनाहरू रोक्न प्रभावकारी कानुनी तथा नीतिगत व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरिएको छ ।

    ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेको समानता र सम्मानजनक जीवनको अधिकार कार्यान्वयन गर्न राज्य असफल भएको आरोप लगाउँदै यस्ता घटनाले विधिको शासन र मानवअधिकारको अवस्था कमजोर बनाएको उल्लेख गरिएको छ ।

    समितिले घटनाको निष्पक्ष अनुसन्धान नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

    ज्ञापनपत्र राष्ट्रिय सभाका सदस्य तथा जातिय समता समाजका केन्द्रीय अध्यक्ष राजशे विक सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाएको हो ।

    ज्ञापनपत्रको पूर्ण पाठ :

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • २.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ३.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ४.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ५.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ६.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ७.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ८.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.