सुर्खेत । अखिल नेपाल टे्रड युनियन महासंघ (अन्टुक)को जिल्ला समिति सुर्खेतको आयोजनामा १३७औँ अन्तर्राट्रिय श्रमिक दिवस मनाइएको छ ।
हिरा नेपालीको अध्यक्षता तथा खड्क विकको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई नर बहादुर फौँजाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेकपा (मसाल) जिल्ला समिति सुर्खेतका प्रवक्ता मोहन थापा, राजमको कर्णाली प्रदेश सदस्य विष्णु प्रसाद शर्मा, शेर बहादुर परियार, गोविन्द प्रसाद सुवेदी, अखिल नेपाल किसान महासंघ (अप्फा) का प्रेम बहादुर थापा, राजमो प्रदेस सल्लाहकार धनप्रसाद देवकोटा, जातिय समता समाजका पूर्व जिल्ला अध्यक्ष प्रेम बहादुर सुनार, अखिल नेपाल महिला संघकी सिता थापा, राजमो गुर्भाकोट नपा अध्यक्ष जितबहादुर घर्ति, लेकवेसी नगर समितिका उपाध्यक्ष छवि पोखे्रल, राजमो जिल्ला समितिका सदस्य नरबहादुर फौँजा, लेकवेसी नपा १ का अध्यक्ष प्रतिमा, प्रत्रकार दिपक जलन, राजमो विरेन्द्र नगर सचिव हेमराज शर्मा लगायतले आतिथ्यता गर्नुभएको थियो ।
प्रमुख अतिथि रत्नविक्रम प्यासी, गोविन्दप्रसाद सुवेदी, पूर्णबहादुर शाही, मोहन थापा लगायतले मन्तव्य दिनुभएको थियो । शेरबहादुर परियारले मोती प्रसाद मिदुनको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।