• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रियले मनायो एक सय सैतिसौँ मजदुर दिवस

"अध्यक्ष केसी, महामन्त्री सिंह उपस्थित "

  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्य तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    २०८३ वैशाख १८ गते तदनुसार मे १, २०२६ का दिन अबेर साँझ भर्चुअल माध्यमबाट उक्त कार्यक्रम अगाडि बढेको थियो ।

    नेपाल युक्रेन वा सिक्किम बन्न सक्छ, सचेत बनौँ : केसी

    कार्यक्रममा मन्तव्य राख्दै राजमो अध्यक्ष केसीले देशमा प्रतिगामीसँगै साम्राज्यवादी चलखेल बढेकाले देश युक्रेन वा सिक्किम बन्न सक्ने भविष्यवाणी गर्नुभयो ।

    पहिलेदेखि नै भारतले नेपालमा हस्तक्षेप, सीमा अतिक्रमण, माइक्रो म्यानेजमेन्ट गरेकोमा अहिले अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढेर गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अमेरिकाले गत १०–१५ वर्षदेखि देशैभरि युथ काउन्सिल खोलेरै यहाँ केही हुन्न भन्ने वातावरण तयार पार्‍यो ।’

    यता, पुराना राजनीतिक पार्टीहरू कङ्ग्रेस, एमाले, माओवादीको बेथिती, कुशासनको जगमा जेनजी आन्दोलन उठेको उहाँको भनाइ थियो ।

    अध्यक्ष केसीले एकातिर प्रतिगामी र अर्कोतिर साम्राज्यवादी खतराको विरुद्ध लड्नुपर्ने इतिहासकै गम्भीर मोडमा मुलुक आइपुगेको विश्लेषण मन्तव्यमा राख्नुभयो ।

    साम्राज्यवाद कमजोर बन्दैछ : सिंह

    कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि मसालका महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवाद बाहिर बलियोजस्तो देखिए पनि भित्रभित्रै कमजोर बन्दै गइरहेको दाबी गर्नुभयो ।

    ‘उदाहरणको रूपमा अमेरिकालाई लिन सकिन्छ’ अमेरिकाको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादको विरुद्धमा विश्वव्यापी असन्तुष्टि बढिरहेको छ र स्वयम् अमेरिकाभित्रै ट्रम्पको विरुद्धमा लाखौँ जनताको आवाज उठिरहेको छ ।’

    जसरी पुँजीवादअन्तर्गत सुधारको मागको रूपमा मे दिवसको सङ्घर्ष उठे पनि त्यसले अन्तत: पुँजीवाद विनाशको हदसम्म विकास गर्‍यो, त्यसैगरी मे दिवसले साम्राज्यवादका विरुद्ध विश्वव्यापी सङ्घर्ष गर्ने प्रेरणा दिने धारणा उहाँले राख्नुभयो ।

    अहिलेको विश्व कम्युनिस्ट आन्दोलन कठिन मोडमा पुगेको स्पष्ट पार्दै उहाँले अरू पक्षले आत्मसमर्पणको बाटो समाते पनि क्रान्तिकारी कम्युनिस्टले भने सङ्घर्षको बाटो अपनाएको स्पष्ट पार्नुभयो ।

    उहाँले मे दिवसको इतिहासले संसारका शोषित, उत्पीडित जनतालाई क्रान्तिकारी बाटोतर्फ अघि बढ्न प्रेरणा दिएको बताउनुभयो ।

    मानवजातिको दुस्मन पुँजीवाद : शर्मा

    त्यस्तै मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले मानवजातिको दुस्मन पुँजीवाद भएको ठोकुवा गर्नुभयो ।

    आजभन्दा एक सय सैतिस वर्षअघि नै आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा आरामको माग पूरा भइसकेको भए पनि मजदुरको अवस्था अहिले पुन: पुरानै अवस्थामा पुगेको उहाँले यस सन्दर्भमा प्रस्तुत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘आफैले पूरा गरेका मजदुरको अधिकार पुँजीवादले क्रमश चलाखीपूर्वक खोस्दै गइरहेको छ । उसले ठेकेदारमार्फत दायित्वबाट आफूलाई अलग गरिरहेको छ । यसरी मानवजातिकै दुस्मनको रूपमा अहिले पनि पुँजीवाद देखा परेको छ ।’

    नेपालमा दुईतिहाइको नयाँ सरकार सत्तामा आए पनि मजदुरका अधिकार खोस्ने काम अन्तत: पुँजीपतिको पक्षमा रहेको उहाँको विश्लेषण थियो ।

    सङ्घर्ष नै एक मात्र विकल्प रहेको स्पष्ट पार्दै उहाँले मे दिवसको अवसरमा यसका लागि तयार रहन सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा र प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरले मन्तव्य राख्नुभएको थियो

    त्यस्तै अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहले ‘मेरो पहिचान’ शीर्षकको कवितामार्फत कार्यक्रमलाई शुभकामना दिनुभएको थियो ।

    अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा महासचिव खुम रायमाझीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य रामप्रसाद पराजुलीले शब्दद्वारा र रक्तिम कतारका कलाकारद्वारा गीतसङ्गीतद्वारा स्वागत गरिएको थियो ।

    कार्यक्रममा स्वदेश तथा विदेशमा मसालनिकटका जनवर्गीय सङ्गठनका नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.