• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रधानमन्त्रीको भारत भ्रमणबारे राजमोले गरायो पाँच बुँदामा सरकारको ध्यानाकर्षण


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको सन्दर्भमा राष्ट्रिय जनमोर्चाले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८३ वैशाख १७ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो ध्यानाकर्षण गराएको हो ।

    वक्तव्यमा कालापानीमा भारतीय अतिक्रमण, भैरहवा र पोखरा विमानस्थलमा भारतीय रुट, सन् १९५० को सन्धिबारे प्रबुद्ध समूहको प्रतिवेदन र अन्य असमान सन्धिसम्झौता खारेजीजस्ता विषय उठाइएको छ ।

    उपर्युक्त विषय उठान गरिएको आधारमा प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भन्न सकिने राजमोको धारणा छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाँदैछन् । उनको भ्रमण सफल हुनेछ वा हुनेछैन ? त्यो कुरा तलका विषयमा उनले सही वा दृढ नीति अपनाउन सक्नेछन् वा छैनन् ? त्यसमाथि नै निर्भर गर्नेछ ।

    १. भारतले कालापानी क्षेत्रमा कब्जा गरेको छ । त्यसलाई नेपालमा फर्काउनुपर्ने आवश्यकता छ । त्यसबारे नेपालको पक्ष दृढतापूर्वक राख्नुपर्ने आवश्यकता छ । यदि भारतले नेपालको त्यो जमिन फिर्ता नगरेमा त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता छ ।

    २. नेपालका भैरहवा र पोखरा विमानस्थललाई रुट दिन भारतले अहिलेसम्म अस्वीकार गरेको छ । त्यो हवाईमार्ग खुलाउन जोड गर्नुपर्ने आवश्यकता छ ।

    ३. प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्रीले अहिलेसम्म स्वीकार गरेका छैनन् । त्यो प्रतिवेदनमा नेपाल र भारतसित सम्बन्धित कैयौँ विवादग्रस्त प्रश्नलाई उल्लेख गरिएको हुन सक्छ । त्यसबारे भारतसित स्पष्टसित कुरा राख्नुपर्दछ ।

    ४. नेपालको सहमतिविना भारतले चीनसित सम्झौता गरेर लिपुलेकको बाटो भएर चीन र भारतका बिचमा व्यापारको आदानप्रदान गर्ने सम्झौता गरेको छ । त्यसप्रति नेपालले कडा शब्दमा आफ्नो विरोध जनाउनुपर्दछ ।

    ५. नेपालका नदीसहित सबै असमान सन्धि खारेज हुनुपर्दछ ।

    माथि हामीले नेपाल र भारतसित सम्बन्धित केही विवादग्रस्त प्रश्नबारे चर्चा गरेका छौँ । दुवै देशका बिचमा अरू पनि कैयौँ समस्या छन् । हामीले यो कुरामा जोड दिन्छौँ कि ती सबै प्रश्नमा नेपालको राष्ट्रिय हितमा आँच नपुग्ने गरी भारतसित वार्ता गर्नुपर्दछ र नेपालको राष्ट्रिय हितमा बाधा पुग्ने प्रकारको कुनै पनि सन्धि वा सम्झौता गरिनुहुन्न ।”

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.