काठमाडौँ । अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदैछन् ।
Advertisement
उनले काठमाडौँमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग उनको भेटवार्ता हुने वा नहुने निश्चित छैन ।
यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीले भेटवार्ता गरेको थिएन ।
२०८२ फागुन २१ को चुनाबपछि बालेन्द्र शाह सरकार बनेपछि नेपाल आउन लागेका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कुटनीतिज्ञ हुन् ।

