• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

शुभारम्भ भ्रष्टाचारजन्य कार्यबाट


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • मनोज भट्ट ##
    काठमाडौको पाँचतारे होटलमा स्वतन्त्र पार्टीले आफ्ना निर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम चर्चित तथा विवादित दुइटै बन्न पुगेको छ । रवि लामिछानेले उ्रक्त कार्यक्रममा गरेको भाषणलाई सबै सञ्चार माध्यमहरूले महत्त्वका साथ स्थान दिएर “चर्चित” बनाउने प्रयत्न गरेका थिए । तर रविकोे भाषण मेरो टिप्पणीको विषय होइन । वाकपटुतामा कुशल मान्छेले यत्तिको भाषण गर्नु कुनै नौलो र अनौठो कुरा होइन । अहिलेसम्म सत्तामा गएका कसैले पनि हामी भ्रष्टाचार गर्न, देश बर्बाद पार्न, राजनीतिको नाममा अनुचित तवरबाट सम्पत्ति जोड्न सरकारमा जाँदैछौँ भनेर भन्दैनन् तर व्यवहार ठिक त्यसको उल्टो गर्छन् । त्यसैले रविको भाषण कुरा गर्ने स्टाइल मात्र हो ।

    Advertisement

    अभिमुखीकरण कार्यक्रमको विवादित पाटोमा जाऔँ । रविले भाषणमा आफ्ना सांसदहरुलाई सदाचार, नैतिकता र देश सेवाको अर्ति उपदेश दिए । तर जुन होटेलमा कार्यक्रम चलिरहेको थियो, त्यसको मालिक राजेन्द्र शाक्यसँगको रवि कनेक्सन के हो ? रवि–राजेन्द्र बिचको सम्बन्धको रहस्यमय पाटो पनि अगाडि आएको छ । रवि–राजेन्द्र कनेक्शनले रविको सदाचार, नैतिकता, जनताको सेवाको कुरा खाली “कुरा गर्ने” स्टाइलमा परिणत हुन कुनै समय लागेन ।

    राजेन्द्र शाक्य गुण एअरलाइन्सका सञ्चालक तथा गुण समूहका अध्यक्ष हुन् । हाल उनी प्रभु बैँकको कर्जा दुरुपयोगको अभियोगमा जेलमा छन् । प्रभु बैँकका प्रमुख सहित शाक्यको मिलोमतो अरबौँ रुपैयाँ दुरुपयोग गरेर बैँकलाई हानी नोक्सानी पुर्‍याइएको थियो । स्मरण रहोस् यिनै रविका विरुद्ध पाँचवटा जिल्ला अदालतमा चलिरहेका मुद्दामा प्रभु बैँकले नै करोडौँ रुपैया बराबरको नगद बैँक ग्यारेन्टी अदालतलाई दिँदै आएको थियो ।

    स्वतन्त्र पार्टीको प्रभु बैँकको अरबौँ रुपैया दुरुपयोग संलग्नमा व्यक्तिको होटलमा कार्यक्रम कसरी आयोजना हुन पुग्यो ? के यो संयोग वा काकताली मात्र हो ? वा शुल्क तिरेर सेवा लिने सामान्य व्यापारिक कुरासँग मात्र सम्बन्धित छ ? वा योजनावद्ध ढंगबाट अब बन्ने सरकारको शीर्ष व्यक्तिको अनुग्रह प्राप्त गर्न राजेन्द्र शाक्यले कार्यक्रमका लागि होटेल उपलब्ध गराएका हुन् ? वा स्वयं रविले शाक्यबाट अनुचित लाभ लिन वा उठाउन वित्तिय अपराधमा मुछिएको मान्छेको होटेलमा जानीबुझी कार्यक्रम आयोजना गरेका हुन् ? यो रहस्यको विषय छ । यद्यपि यो विषय भविष्यमा खुल्दै जाला । तर यो प्रकरणमा रविलाई शंकाको सुविधा किमार्थ दिन मिल्दैन ।

    काला व्यापारी, राजस्व छल्ने पुँजीपति वा बैँक लगायतका वित्तिय संस्थाहरूमा रजगज गर्न चाहने तत्त्वहरू राजनीतिक नेतृत्वबाट लाभ लिन उनीहरूको अनुग्रह प्राप्त गर्न विभिन्न प्रकारका नजराना वा उपहार दिएर आर्थिक प्रभावमा पार्ने गर्दछन् । स्वयं बुर्जुवा राजनीतिज्ञहरू पनि आफ्नो राजनीतिक रोटी सेक्न त्यस्ता तत्वहरूबाट मोटो रकम लिएर अनुचित लाभ लिने उद्देश्यले सम्बन्ध जोड्न खोजिरहन्छन् । रवि–राजेन्द्र बिचको सम्बन्ध त्यही अनुग्रह र अनुचित लाभको कडीसँग जोडिएको छ भन्दा अन्यथा हुँदैन ।

    आर्थिक सवालमा बालेनको छवि तुलनात्मक रूपमा रविको भन्दा हालसम्म कम विवादित देखिन्छ । तर रविले सञ्चारकर्मीको आडमा समाचार प्रकाशन गरिदिने डर देखाएर विभिन्न व्यापारीहरूलाई ब्ल्याकमेलिङ गरेर मोटो रकम असुल्ने गरेको कुरा कसैबाट लुकेको छैन ।

    सहकारीको करोडौँ रकम अपचलनमा झन् मुद्दा नै चलिरहेका छन् । रवि, जिबी तथा छवि कनेक्सन सबैका अगाडि जगजाहेर नै छ । त्यो अवस्थामा कुनै लाभ प्राप्त नभई रवि त्यो प्रकरणसँग जोडिएका होलान् भनेर विश्वास गर्न सकिन्न । यो कार्य अन्जानमा अज्ञानतावश भएको छ भनेर विश्वास गर्ने ठाउँ नै छैन । रवि तथा राजेन्द्र बिच गलत कनेक्सन देखिएका कारण उपस्थित हुने पूर्व निर्धारित कार्यक्रममा समेत बालेन अनुपस्थित रहेका थिए ।

    भ्रष्टाचार सम्बन्धी नेपाल लगायत विश्वका कानुनहरुले कसैबाट अनुचित लाभ लिनुलाई भ्रष्टाचारको परिभाषाभित्र राखेका छन् । रविले शाक्यबाट कति अनुचित लाभ लिए ? प्रमाणको अभावमा एकीनका साथ भन्न नसकिएपनि उनीहरूका बिचको सम्बन्ध अनुग्रह र अनुचित लाभ प्राप्त गर्ने उद्देश्यद्वारा रहेको कुरालाई इन्कार गर्न सकिन्न । जे होस् रवि पक्षले जनताबाट दुई तिहाई सिटमा विजय प्राप्त गरेपछि आफ्नो राजकीय कार्यको शुभारम्भ अनुचित लाभ अर्थात् भ्रष्टाचारबाट गरेका छन् ।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.