काठमाडौँ । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गर्ने बताएको छ ।
Advertisement
२०८२ फागुन २० गते आयोगले निर्वाचनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारी समेत हेलिकप्टरमार्फत नै पठाएको जानकारी आयोगले दिएको छ ।
अन्य निर्वाचन क्षेत्रमा सवारी साधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा सङ्कलन गरिने भएको छ ।
एकीकृत सुरक्षा व्यवस्थाअनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएकोसमेत आयोगले बताएको छ ।
तीन घेरामा सुरक्षा प्रबन्ध गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
भण्डारीले सेनाले तेस्रो घेरामा रहेर मतदानको सुरक्षा गर्ने दाबीसमेत गरे ।