बुटवल । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्मृतिशेष नारायण जिसीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
२०८२ फागुन १ गते शुक्रबार अबेर राति राजमोको प्रदेश कार्यालय चाँदमारी बुटवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महामन्त्री सिंहले कम्युनिस्ट पार्टीको झन्डा तथा राजमो अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको झन्डा ओडाएर शोक व्यक्त गर्नु भयो।
कार्यक्रमको सञ्चालन राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का सल्लाहकार गणेश गौतम, राजमो केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष इन्दिरा ज्ञवाली, राजमो प्युठान रुपन्देही सम्पर्क समितिका दीपक योगीलगायत रुपन्देहीका राजमो नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यसभन्दा पहिले शुक्रबार सम्पन्न भएका चितव, नवलपुर र नवलपरासी जिल्लाका अगुवा कार्यकर्ताहरूको भेलामा पनि कामरेड जिसीको शोकमा मौनधारण गरिएको थियो ।
उक्त कार्यक्रमहरुमा नेकपा (मसाल) का महामन्त्री सिंह र राजमो नेता बासुदेव पोख्रेलको उपस्थिति रहेको थियो।