काठमाडौँ । वरिष्ठ चलचित्र कलाकार सुनिल थापाको निधन भएको छ ।
Advertisement
हृदयघातका कारण २०८२ माघ २४ गते शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अस्पतालमै उहाँको निधन भएको छ ।
काठमाडौँ शङ्खमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले समेत चर्चित थिए ।
उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्दै आएका छन् ।
