काठमाडौं । रौतहटमा रास्वपाको चुनावी प्रचारमा रहेको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
Advertisement
चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको हो ।
बिहीबार दिउँसो साढे २ बजे रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा रास्वपाले चुनावी प्रचारमा प्रयोग गरेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको थियो । सो गाडी रौतहट–२ मा रास्वपाका उम्मेदवार सागिर आलमले प्रयोग गरेका थिए ।
दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।