कपिलवस्तु, तौलिहवा । कपिलवस्तु जिल्ला विजय नगर गाउँपालिकामा आज राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गोविन्द परिवारको संयोजकत्वमा ५१ सदस्यीय पालिका स्तरिय प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्रिवेणी कुर्मीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार क्षेत्र न ३ का केरसिंह अदैले आगामी फागुन २१ गते हुन गइरहेको चुनावमा गाउँगाउँबाट जाग्नु पर्ने बताउनु भएको छ ।
चुनावमा जमिन्दार, दलालहरूले विभिन्न प्रलोभनमा जनतालाई झुक्याउँदै आएकोले कार्यकर्ता यस मामलामा सचेत रहनु पर्ने बताउनु भयो ।

भेलामा जातीय समता समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राम बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य त्रिवेणी कुर्मी, राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक उम्मेद्वार तारमती पासीले मन्तव्य राख्नुभएको थियो ।
पालिकाको दुई ठाउँमा उम्मेद्वार परिचय भेटघाट कार्यक्रम राख्ने पालिका स्तरिय प्रचारप्रसार कार्यालय वडा नं ४ ज्योति नगरमा राख्ने निर्णय गरेको छ । गोविन्द परिवारको अध्यक्षता पप्पु कलवारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।