• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

इन्जिनियरहरूले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड


  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता अत्याधुनिक टुल्सहरू आएकाले सिभिल इन्जिनियरहरूले पनि उक्त विषयहरूमा दख्खल राख्नुपर्ने पोखरा विश्वविद्यालयका डीन सहप्राध्यापक बुद्धिराज जोशीले बताउनु भएको छ । शुक्रबार चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरेका विद्यार्थीहरूलाई विदाई गर्दै डीन जोशीले पछिल्लो समय भित्रिएका डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता टेक्नोलोजीहरूमा इन्जिनियरहरू अभ्यस्त हुनुपर्ने बताउनु भएको हो ।

    Advertisement

    कलेजका २०१९ र २०२० ब्याचका सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुलर इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई विदाई गर्दै सहप्राध्यापक डीनले स्नातक तहमा गरेका रिसर्चहरू बेसिक मात्र हुने भएकोले त्यो भन्दा माथिल्लो तहसम्म अध्ययन गर्नुपर्ने र जीवनमा असल मान्छे बन्न जोडदिनु भयो । ‘ब्याचलर पुरा गरेर तपाईहरू राम्रो विद्यार्थी त बनिसक्नु भयो अब असल मान्छे बन्नुपर्छ । यो नै सबैभन्दा ठूलो च्यालेञ्ज हो । अनुशासनमा बस्नु नै ठूलो कुरा हो ।’ पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरू विदेसिई रहेको परिप्रेक्ष्यमा उहाँले नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने जिकीर गर्नुभयो । ‘ब्याचलर, मास्टर्स तहमा नेपालमा सिभिल इन्जिनियरिङका सबै कार्यक्रमहरू राम्रा छन् । विदेश जानुपर्छ भन्ने छैन । मास्टर्स लेवलमा जानका लागि रिसर्चलाई बढी फोकस गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

    सह–प्राध्यापक जोशीले सिभिल इन्जिनियरहरूलाई गल्ती गर्ने छुट नभएको भन्दै पेशागत मर्यादा र जिम्मेवारीमा रहेर काम गर्न अनुरोध गर्नुभयो । ‘डाक्टरले उपचारमा एउटा गल्ती गर्दा एक जना बिरामीको ज्यान जान्छ, तर, सिभिल इन्जिनियरले गल्ती गर्दा हज्जारौं नागरिकको ज्यान जान सक्छ त्यसकारण सिभिल इन्जिनियर बढी जिम्मेवार हुनुपर्छ । यस विषयमा ध्यान दिनुपर्छ ।’ देश बनाउनु भन्दा पहिले आफु सक्षम बन्नुपर्ने भन्दै उहाँले मानव संसाधनमा नेपाल राम्रो रहेको तर्क गर्नुभयो । साथै, डीन जोशीले कलेजबाट पास आउट भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय र कलेजको एम्बाष्डर भएको भन्दै विश्वविद्यालय र कलेजको नाम उच्च राख्ने गरी काम गर्न सुझाउनु भयो ।

    नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय भन्दा पनि पुरानो इतिहास बोकेको कलेज भएको भन्दै उहाँले कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू भाग्यमानी रहेको जिकीर गर्नुभयो । केही समय अगाडी कलेज समस्यामा रहेपनि पछिल्लो समय राम्रो बन्दै गएको भन्दै उहाँले कलेज बचाउन पूर्वविद्यार्थीहरूको सक्रियता रहनुपर्ने पनि औंल्याउनु भयो । साथै, नयाँ पाठ्यक्रम तयार गर्न विश्वविद्यालयले कलेजलाई सिस्टम भित्र रहेर सहकार्य गर्न सदैव तत्पर रहेको जनाउनु भयो ।

    कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष सह–प्राध्यापक विकास अधिकारीले काउन्सिलले लिने परीक्षा पास गरेर मात्र व्यवसायिक जीवनमा लाग्न सुझाउनु भयो । नेपाल इन्जिनियरिङ कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरू अब्बल रहेको चर्चा गर्दै उहाँले इन्जिनियरिङ पेशालाई मर्यादीत र व्यवसायिक गर्न काउन्सिल लागेको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अथिती तथा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले कलेजले प्रदान गरेको इन्जिनियरिङ शिक्षा, विद्यार्थीहरूको योग्यता र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो तथा उत्कृष्ट भएका विद्यार्थीहरूलाई मेडल प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा २०१९ र २०२० का २०० विद्यार्थीहरूलाई विदाई गरिएको थियो ।

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.