भाडगाउँ । बिहीबार राति सानोठिमीको मध्यपुर थिमी नगरपालिका–२ स्थित बाल सुधार केन्द्रमा झडप र तोडफोड भएको छ।
सुधार केन्द्रमा दुई समूहबीच भएको झडप तोडफोड र आगजनीको घटनामा परिणत भयो।
झडपपछि थिमी प्रहरी परिचालन प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा रहेको टोली बाल सुधार केन्द्रमा पुगेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो।
झडपमा संलग्न दुवै समूहले घटनास्थलमा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए।
स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जनाभन्दा बढी कर्मचारी परिचालन गरिएको थियो। भक्तपुर र काठमाडौँका दमकलले मध्यरातमा आगो निभाए।
आगजनीको कारण केन्द्रमा भएको क्षतिको विवरण अझै आउन बाँकी रहेको प्रहरी परिचालनले जनाएको छ ।
सुधार केन्द्रमा १४५ पुरुष र २४ महिलासहित जम्मा १६९ कैदीहरू छन्।
यद्यपि अहिले स्थिति नियन्त्रणमा आएको छ, तर ठूलो संख्यामा सुरक्षाकर्मीहरूले केन्द्रमा निगरानी गरिरहेका छन् ।