काठमाडौँ । नेपाल पत्रकार महासङघ काठमाडौँको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष हेमबहादुर रानाले पाएका छन् ।
Advertisement
२०८१ माघ १ गते देखि लागु हुने गरी सङ्घका अध्यक्ष शोभा अर्यालले रानालाई जिम्मेवारी दिएका हुन् ।
रानाले एक महिनाका लागि बुधबार नै कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
अर्यालले आफु अध्ययन बिदामा बस्नुपरेकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइन् ।
कार्यबाहक अध्यक्ष रानाले अध्यक्षको अनुपस्थितिमा आइपर्ने कामहरु गर्न आफू तयार रहेको भन्दै कार्यसमितिसँगको सल्लाहमा कार्य सम्पादन गर्ने बताए ।