काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको हिमाचल प्रदेश सोलनस्थित अर्कीबजारमा आगलागीमा परी नौ जनाको दु:खद निधन भएकोमा दु:ख प्रकट गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ पुस ३० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेको हो ।
वक्तव्यमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिन तथा त्यसको उचित व्यवस्था मिलाउन नेपाल सरकारसित माग गरिएको छ ।
मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“गत जनवरी ११, २०२६ तदनुसार २०८२ पुस २७ गते भारतको हिमाचल प्रदेश सोलनस्थित अर्कीबजारमा आगलागी हुँदा ९ जना नेपालीको निधन भएको घटनाबाट राष्ट्रिय जनमोर्चा दु:ख प्रकट गर्दछ । हामी मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति सवेदना व्यक्त गर्दछौँ ।
आगलागीबाट सल्यान जिल्ला, सिद्धकुमाख–२ टाकुरा निवासी ९ जनाको दुखद निधन भएको छ । हामी मृतकलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौँ । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारसित अनुरोध गर्दछौँ ।”
