• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

किवी बिक्री नभएपछि बागलुङ ताराखोलाका महिला उद्यमी जुस उत्पादन गर्दै


  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् ।

    Advertisement

    महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् ।

    ताराखोला गाउँपालिका–३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए । तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन् । सामान्य मात्रामा नजिकको गलकोट, बागलुङलगायतका बजारमा पठाउने गरेको समूहकी सदस्य देउकुमारी रोकामगरले बताउनुभयो ।

    दुई वर्ष अगाडिबाटै बारीमा लटरम्म किवी फल्न थालेको भन्दै बजारको समस्याले गर्दा आफूहरू मर्कामा पर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो । यस वर्षमात्रै एक हजार बढी बोतल जुस उत्पादन गरिसकेको उहाँको भनाइ छ । दुई सय ५० मिलीलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरेर अहिले बजारमा ल्याएको रोकामगरले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “किवीको माग धेरै हुने र पैसा पनि राम्रो पर्छ भन्ने सुनेका थियौँ, धेरैले पनि राम्रो हुन्छ भन्नुभयो र बारीभरि किवी लगायौँ, तर अहिले सोचेजस्तो भएन, बजार पाउनै गाह्रो छ, पाए पनि उचित मूल्य पाउन सकेका छैनौँ, यस वर्ष जुस बनाउने भनेर सुरु गरेका छौँ, माग कस्तो आउँछ रु, परीक्षणमै छौँ, बजार पायो भने हाम्रो जीविकोपार्जनमा सहज हुने थियो ।”

    समूहकी कोषाध्यक्ष भवी रोकामगरले अहिले सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवीको जुस बनाउन लागिएको बताउनुभयो ।

    ताराखोला गाउँपालिकाले सात दिनको तालिम दिएपछि जुस उत्पादन गर्न थालेको उहाँको भनाइ छ । उत्पादनलाई बजारीकरण कसरी गर्ने भन्ने मुख्य चुनौती रहेको भन्दै स्थानीय सरकारले थप सघाउने पर्ने रोकामगरले सुनाउनुभयो । अहिलेसम्म आफूहरूले दशौँ लाख लगानी गरिसकेका उहाँको भनाइ छ ।

    स्वास्थ्यका लागि उपयोगी मानिने विकी जुस तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ । गाउँपालिकाले रु तीन लाखमा जुस पेल्ने मेसिन दिएको अध्यक्ष धनबहादुर विकले बताउनुभयो । ताराखोलामा किवीखेतीको ठूलो सम्भावना रहेकाले त्यसका लागि किसानलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.