काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ ।
Advertisement
आयोगले पत्रकार सम्मेलनमा मतपत्र छाप्ने संख्याबारे जानकारी गराएकाे हाे ।
प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने आयोगकाे भनाइ छ ।
समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी छ ।
