• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु


  •   शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ ।

    Advertisement

    किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिनुभयो ।

    उहाँले सो रोग लागेकै कारण विदेश जानेहरुलाई रोकन नहुनेमा जोड दिँदै रोगको उपचार, परीक्षण तथा परामर्शका लागि भेरी अस्पतालमा भेनस कर्नर स्थापना गरिएको बताउनुभयो । विशेषज्ञ डा चापागाइँले भन्नुभयो, “यसको जोखिम बढ्दै गएकाले बिरामीलाई अस्पतालमा सहज पहुँच पुर्‍याउन यस्तो प्रयास गरेका छाैँ ।”

    अध्ययनको नेतृत्व गर्नुभएका अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौन रोग विशेषज्ञ डा चापागाईंले सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्न नहुने धारणा व्यक्त व्यक्त गर्नुभयो । सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको जानकारी दिँदै उहाँले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताउनुभयो ।

    विशेषज्ञ डा चापागाईंका अनुसार हाल उपचार पूरा भइसकेका धेरै व्यक्ति पनि रगतको एक मात्र परीक्षण ‘टिपिएच ए’ पोजेटिभ भएको आधारमा वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था देखिएको छ । उहाँले रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गर्दै पोजेटिभ हुनु सङ्क्रमण सर्ने अवस्था जनाउने सूचक होइन भन्ने तथ्यलाई प्रमाणसहित स्थापित गर्नु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

    अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यावहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय एसटिआई मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्नेसमेत अपेक्षा गरिएको छ ।

    डा चापागाईंले सिफलिस उपचारयोग्य रोग भएको उल्लेख गर्दै आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । सो अनुसन्धान सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने बताइएको छ ।

    शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.