काठमाडौँ । हर्क साङपाङले रवि लामिछाने, बालेन्द्र शाह र कुमान घिसिङको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति रवि लामिछाने आपराधिक गतिविधिबाट आएको, कुलमान घिसिङ एमसीसीको मतियार रहेको र बालेन शाह विदेशी शक्तिबाट परिचालित रहेको बताएका हुन् ।
उनले रास्वपा सभापति लामिछानेको अहिले पनि ९/१० वटा काण्ड रहेको, अमेरिकामा पनि दुई चार वटा काण्ड बाँकी नै रहेको बताए । अहिले नेपालमा पनि ५/६ करोड धरौटी बुझाएर थुनामुक्त भएको, सत्ता र शक्तिका लागि विदेशीलाई देश नै सुम्पिन पनि तयार रहेको पात्रको आफूले रविलाई बुझेको उनको धारणा छ ।
त्यस्तै सरकारका मन्त्री एवं रास्वपाका नेता घिसिङ अमेरिकी विकास परियोजना एमसीसीको मतियार रहेको साम्पाङले बताएका छन् । नो एमसीसी भनेर देखाउन कुलमानलाई उनले चुनौति दिए ।
त्यस्तै बालेन्द्र शाहको बारेमा टिप्प्णी गर्दै विदेशी शक्तिबाटै परिचालित रहेको बताए । ‘….लुकेर बस्ने, जनतासँग नभेट्ने । जो जनतादेखि भागेर हिँड्छ । रहस्यमय र खतरनाक मान्छे ।’ उनले भने– ‘अहिलेको सरकार उहाँले बनाउनुभएको हो । उहाँले कसरी त्यो गर्नुभयो भन्दाखेरी उहाँ कुनै शक्तिबाट परिचालित हुनुभएको छ । यति बुझ्नुस् विदेशी शक्तिबाटै परिचालित हुनुभएको छ ।’