• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा


  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो ।

    Advertisement

    जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताउनुभयो । गत वर्ष दुई सय किलोभन्दा बढी कागती कुहिएर नष्ट भएको भन्दै यसपाली पनि बिक्री नहुँदा कुहिने डर भएको उहाँको भनाइ छ ।

    बजारमा आउने भारतीय कागतीले स्थानीय उत्पादनलाई ओझेलमा पारेको घर्तीले बताउनुभयो । “सडकसँगै सवारीसाधनको सुविधा पुगेपछि कागतीको माग बढ्छ भन्ने लागेको थियो । सोही कारणले व्यावसायिक रूपमा खेती गरियो, दुई/तीन वर्षदेखि प्रशस्त उत्पादन हुँदै आए पनि बजार नपाउँदा कुहिएर खेर जाने गरेको छ”, उहाँले भन्नुभयो । किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले गरेमा समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    “पश्चिम बागलुङको मुख्य बजार बुटवल हो । तर बुटवलमा भारतीय कागतीको दबदबा छ”, किसान चमबहादुर रोकाले भन्नुभयो, “अघिल्लो वर्ष तयार गरेर राखेको करिब एक सय ५० लिटर चुक अहिलेसम्म बिक्री भएको छैन ।” अहिले पनि बोटमा लटरम्मै कागती फलेका भन्दै कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उहाँले बताउनुभयो ।

    रोकाका अनुसार कागतीको रसलाई प्रतिलिटर रु एक हजारदेखि रु एक हजार २०० सम्म बिक्री गर्ने गरिएको छ । पछिल्लो समय भने माग आउन छाडेकाले बिक्री नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मकै, गहुँ र कोदो फल्ने बारीमा कागती लगाइयो, अहिले उत्पादन भएको कागतीले बजार पाउँदैन । राम्रै आम्दानी हुन्छ भनेर कागतीखेती गरियो तर अहिले बजार नपाउँदा समस्या भयो । सुपथ मूल्यमै दिँदा पनि अर्गानिक कागती व्यापारीले राख्दैनन् ।”

    बागलुङ जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा बर्सेनि चार हजार ७१ मेट्रिकटन कागती उत्पादन हुँदै आएको छ ।

    यस वर्ष जरा कुहिने रोगले बोट मर्दा उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विकास कार्यालयकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिनुभयो । उत्पादित कागतीको बजारीकरणमा स्थानीय सरकारले समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.