काठमाडौँ । दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध भएको छ ।
Advertisement
शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवतजावत बन्द भएको हो ।
दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको बताइएको छ । शीतलहर कम भएपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।
निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।