काठमाडौँ । काठमाडौँ प्रहरीले झुक्याएर पाँच लाख रुपियाँ ठगी गर्नेको खोजी भइरहेको बताएको छ ।
२०८२ पुस ८ गते जिल्ला काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–५ थली स्थितमा सुनजस्तो देखिने धातुको डल्लो दिएर २ जना व्यक्तिको साथबाट नगद पाँच लाख लिई फरार रहेका मानिसको खोजतलास गरिएको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका ६ चुच्चेपाटीबाट पक्राउ गरी ठगी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
पक्राउ परेका मानिस
१. जिल्ला मकवानपुर, इन्द्रसरोवर गाउँपालिका–३ घर भई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका १३ नख्खु बस्ने वर्ष ४५ को सुकुमानसिंह ब्लोन
२. ऐ.ऐ. २ घर भइ ऐ. ८ पाटन बस्ने वर्ष ४८ को राजेन्द्र तामाङ
३. जिल्ला मकवानपुर, बकैया गाउँपालिका–११ घर भइ जिल्ला ललितपुर, ललितपुर महानगरपालिका लगनखेल बस्ने वर्ष ५३ को वीरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान
४. जिल्ला नवलपरासी, देवचुली नगरपालिका–१७ घर भई जिल्ला ललितपुर, एकान्तकुना बस्ने वर्ष ४२ को जितबहादुर तामाङ
