काठमाडौँ । हतियार लुकाउने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०८२ पुस १० गते हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका–४ बाफल स्थितबाट लुकाइछिपाइ राखिएको अवस्थामा तपसिलमा उल्लिखित हतियारसहित निम्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मानिस
१. जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही
२. जिल्ला मोरड, लेटाङ नगरपालिका–४ घर भएको वर्ष २२ को शाहिल तिवारी
३. जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई
बरामद हतियार तथा गोलीगट्ठा
१. सी.एफ. ९८–९००००३३०८२३७ र सी.एफ. ९८–९०००१११०८२३६ नम्बरको सी.एफ.–९८ पेस्तोल
२. ऐ.ऐ. को म्यागजिन थान ३ (तीन)
३. गोली थान २ (दुई) र गोलीको खोका थान २ (दुई)
