कास्की । पोखरामा १३३औँ माओजयन्ती मनाइएको छ ।
Advertisement
२०८२ पुस ११ गते राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा राजमो केन्द्रीय सदस्य शङ्कर बरालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा (मसाल) जिल्ला प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल युवक सङ्घ केन्द्रीय अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल नेपाल जनजाति सम्मेलन प्रदेश अध्यक्ष डम्बर थापा, अखिल (छैठौँ) का जिल्ला सचिव अमृत विक, अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य विष्णु क्षेत्रीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो जिल्ला सचिव रविमोहन ढकाल र सञ्चालन विष्णु पुरीले गर्नुभएको थियो ।
