प्यूठान । स्मृतिशेष तिरिदेवी घर्तिमगरको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । यहि पुस ८ गते सम्पन्न श्रद्धाञ्जली सभा प्यूठान जिल्ला, स्वर्गद्वारी नगरपालिका ५, सारी निवासी अखिल नेपाल शिक्षक संघका सदस्य जनशिशु कल्याण प्रा.वि.का प्रध्यानापक गंगाराम घर्तिमगरकी धर्मपत्नी तिरिदेवी घर्तिमगरको संझनामा सो श्रद्धाञ्जली सभा सम्पन्न पारिएको हो ।
कार्यक्रमको अध्यक्षता गंगाराम घर्तिले र सञ्चालन गंगाराम विसीले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै सम्मेलनका महासचिव अमरध्वज राना, सदस्य हरि आले, खेत बहादुर राहुँमगर, युवक संघका कुबेर भण्डारी, पुनाराम राहुँमगरले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा निम बहादुर बुढाथोकी, खेत बहादुर राहुँमगर र गंगाराम घर्तिले शोक मन्तव्य दिनुभएको थियो ।
स्मृतिशेष तिरिदेवी घर्तिमगरको दुई छोराहरू माधव घर्तिमगर, प्रकाश घर्तिमगर, तीन छोरीहरू लक्ष्मी पुन, तुलसा घर्तिमगर, विस्ना घर्तिमगर रहेका छन् । उहाँको २०८२ पुस ६ गते ४८ वर्षको उमेरमा भएको असमायिक निधनभएको थियो ।