तमघासबजार । राष्ट्रिय जनमोर्चा गुल्मीले जिल्ला समितिका सदस्य कमल पुलामीकी ममतामयी आमा नरमती पुलामीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
Advertisement
२०८२ मङ्सिर २९ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री प्रमुख आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा अर्की राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्री र राजमो गुल्मीका सचिव छविलाल सर्तुङीले शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन राजमो सहसचिव हरि न्यौपानेले गर्नुभएको थियो ।
१९९९ भदौ १७ गते जन्मनुभएकी स्मृतिशेष नरमतीको गत मङ्सिर २३ गते निधन भएको थियो ।
