काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले बेली बेलबासेको स्मृतिसभा सम्पन्न गरेको छ ।
२०८२ मङ्सिर २७ गते शनिबार नैकापमा सो कार्यक्रम सम्पन्न भएको हो ।

लक्ष्मण पाण्डेको सञ्चालन तथा तारा पन्थीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल राष्ट्रिय व्यापार सङ्घका केन्द्र्रीय कोषाध्यक्ष बी.बी. अधिकारी, राजमो काठमाडौँका अध्यक्ष तथा साहिला छोरा झविन्द्र बेलबासे, राजमो काठमाडौँकै सचिव छवि खनाल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी र परिवारको तर्फबाट ठाकुर बेलबासेले शोकमन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले स्मृतिशेष बेलीको जीवन र सामाजिक आन्दोलनप्रतिको योगदानबारे सङ्क्षिप्तमा चर्चा गर्नुभएको थियो ।

स्मृतिशेष बेली राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेकी आमा, अखिल (छैठौं) की केन्द्रीय सदस्य पूजा बेलबासेसमेतकी बज्यै हुनुहुन्थ्यो ।
दमबाट ग्रसित ९३ वर्षीय बेलीको गत मङ्सिर १६ गते निधन भएको थियो ।

