काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला अध्यक्ष झविन्द्र बेल्वासेकी ममतामयी आमा बेली बेल्वासेको स्मृतिमा भोलि मङ्सिर २७ गते नैकापमा शोकसभा गरिने भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँको आयोजनामा सम्पन्न हुने सो सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।
बेल्बासेकी आमा बेली बेल्वासेको मङ्सिर १६ गते बेलुका उपचारको क्रममा ९३ वर्षको उमेरमा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको थियो ।