काठमाडौँ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’–सुन्तली छोरी सहित अमेरिकाको ग्रिन कार्ड लिएर अमेरिका पुगेका छन् । धुर्मुसले आफूले अमेरिकी ग्रीन कार्ड लिएको विषयलाई सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।
नेपालमा कलाकारिताबाट जीवन धान्न कठिन बनेको अवस्था र छोरीको स्वास्थ्य सुरक्षालाई प्रमुख कारण देखाउँदै उनले तीन वर्षअघि नेपालमै बसेर अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीन कार्ड’ का लागि आवेदन दिएको बताएका छन् ।
कम आम्दानी भएका परिवारका बालबालिकालाई निःशुल्क उपचार सुविधा उपलब्ध हुने भएकाले छोरीको सुरक्षित भविष्यका लागि यो निर्णय लिनुपरेको उनको भनाइ छ ।
भिसा पाएपछि पनि त्यो खुसीको क्षण नभई बाध्यताको परिणाम भएको उल्लेख गर्दै, उपचारपछि नेपाल फर्किएर फेरि कलाकारितामै सक्रिय हुने प्रतिबद्धता उनले दोहोर्याएका छन्।
रंगशाला सम्बन्धी समस्याले नेपालमै बस्न असहज बनेको भन्दै, समस्या समाधान भई स्वदेशमै सिर्जनात्मक जीवन बिताउने वातावरण बनोस् भन्ने उनको अपेक्षा छ।