काठमाडौँ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष ९४ हजार महिलाहरू वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर १०० भन्दा बढी देश पुगेका छन् ।
Advertisement
सात लाखभन्दा धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि सरकारी स्वीकृति लिएर जाँदा महिलाको संख्या एक लाखभन्दा कम भए पनि केही देशहरूमा भने पुरुषको दाँजोमा महिला बढी गएको देखिन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति नवीकरण र नयाँ श्रम स्वीकृति लिएर गत वर्ष विभिन्न १५१ वटा देशमा आठ लाख ३९ हजार नेपालीहरू गएका छन्। भारतमा काम गर्न श्रम स्वीकृति नचाहिने भएका कारण यसमा उक्त देश जानेहरूको तथ्याङ्क समावेश छैन ।