काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । बसमा ३८ जना सवार थिए ।
Advertisement
सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको हो ।
वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको छ ।
दुर्घटना बारे अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले बताएका छन् ।