• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँद


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • चौरभिग्म (कालिकोट) ।  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।

    Advertisement

    तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो ।

    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो । विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका मात्र अध्ययन गर्दछन् ।

    यसपछि थप अध्ययन गर्न यहाँका बालबालिका मालिका माविमा जाने गर्दछन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले भन्नुभयो “ कक्षा कोठा नहुँदा बालबालिका कहिले खुला चौर त कहिले जीर्ण भवनका कोठमा बस्न बाध्य थिए । बल्ल नयाँ भवन बन्यो । यसका लागि तिलागुफा नगरपालिकाका मेयर  र नेपाल रेडक्रसलाई धन्यवाद दिन चाहन्छु । ”

    नवनिर्मित भवनको अवलोकन गर्न यहाँ आइपुग्नुभएका तिलागुफा नगरपालिकाका  प्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने अन्य स्रोतसाधन सहयोग गर्ने जानकारी दिनुभयो । यस विद्यालयमा अतिविपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा विद्यालयको नयाँ भवन बनेको हो ।

    तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढाले बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको र आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन वडाले पहल र समन्वय गर्ने जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालका अनुसार  विनाशकारी गोरखा भूकम्पबाट क्षति भएका विद्यालय भवन र अन्य विपद्बाट क्षति भएका विद्यालय, स्वास्थ्य सस्था, खानेपानीका संरचना जस्ता सार्वजनिक संरचनालाई पुनःनिर्माण गर्न नेपाल रेडक्रसले निरन्तर सहयोग गर्दै आएको छ ।

    ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का  जिल्ला संयोजक रवि लामिछाने विकट क्षेत्रका समुदायका मागलाई सम्बोधन गर्न कार्यक्रमले आफ्ना गतिविधिमा नगरपालिकालाई सहयोग गरिराखेको जानकारी दिनुभयो ।

    शौच गर्न जंगल छिर्नुपर्ने  अवस्थाको अन्त्य  

    सत्यदेवी माध्यमिक विद्यालयका बालबालिकाले घरबाटै  खानेपानी लिएर विद्यालय आउन नपर्न भएको छ । तिलागुफा नगरपालिका वडा ६ जुविथास्थित बालीचौर स्थित सो विद्यालयमा खानेपानी सुबिधा भएपछि वर्षाैपछि बालबालिकाले घरबाटै  खानेपानी लिएर विद्यालय आउन नपर्ने भएको हो ।

    विसं २०३८ मा यो विद्यालय स्थापना भएको थियो ।  तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम मार्फत् खानेपानी सहित शौचालय, विद्यालय भवनमा ‘च्यानल गेट’ राख्न सहयोग गरेको थियो ।

    कक्षा नौमा अध्ययनरत नर्जन शाहीले भन्नुभयो, “विद्यालय मै खानेपानीको धारा जडान भएपछि घरबाटै  खानेपानी लिएर विद्यालय आउनुपर्ने अवस्था र शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको छ ।” जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहनुभएका शाहीले भन्नुभयो, “शौच गर्न जङ्गल छिर्नु पर्दा पठनपाठनमा समस्या भएको थियो । शौचालय बनेपछि सुविधा भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।”

    विद्यालयका प्रधानाध्यापक सनम शाहीले, “विद्यालय भवनको तल्लो तलामा बालबालिका माथिल्लो तलामा गाईवस्तु हुन्थे । गाईवस्तुका गोबर सफा गरेर र गाईवस्तुलाई बाहिर धपाएर मात्र बालबालिका कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो । भवनमा च्यानल गेटको व्यवस्था भएपछि विद्यालय भवनमा गाईवस्तु छिर्न बन्द भएका छन् ।”

    उहाँले विद्यालयमै खानेपानी सुविधा र शौचालय हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमाथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.