काठमाडौँ । आज हुने सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्देशक हितेन्द्रदेव शाक्य पुन : प्राधिकरण फर्कनेछन् ।
Advertisement
तर सर्वोच्चले अन्तरिम आदेशभन्दा पनि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको छ । पछिल्लो पटक शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई कार्यकारी निर्देशन बनाइएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेसी तोकिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पाौडेलको इजलासमा पेसी तोकिएको छ । दोस्रो सुनुवाइका लागि सोमबार पेसी तोकिएको हो ।