लेटाङ । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा” पक्राउ परेको छ । सोही स्थानका बिचारी भनिने पदम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको स्वीकार गरेको अंशुको परिवारले जनाएको छ ।
Advertisement
घटना भएपछि अधिकारी भारतको आसाम–तीनसुकिया भागेका रहेछन्। फोन सम्पर्क भएपछि उनी शुक्रबार घर फर्केका थिए र सोही राति प्रहरीले उनलाई पक्राउ गरेको परिवारको भनाइ छ। अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
पदम अधिकारीलाई मोरङ प्रहरीले आज आइतबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ। असोज २१ गते कुकृत्यपछि हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ जंगलमा दुई टुक्रा पारिएको र कुहिएको अवस्थामा फेला परेको थियो।