काठमाडौँ । खजुरीको पफ बजारमा विक्री वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ ।
खजुरी नेपाल प्रालिले उत्पादन गरेको पफमा ट्रान्स फ्याटको मात्रा अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल विक्री वितरण नगरी फिर्ता लिन निर्देशन दिएको हो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था उल्लङ्घन भएको ठहर गरी उक्त उत्पादनलाई न्यूनस्तरको खाद्य पदार्थ ठहर गरेको छ।
ललितपुर गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफहरू तत्काल बजारबाट फिर्ता गर्न र थप बिक्री वितरण नगर्न विभागले निर्देशन दिएको छ।
विभागले ऐनको दफा ३८ (२) र (४) को प्रावधान अनुसार उक्त ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा थप बिक्री वितरण नगर्न र नगराउन पनि निर्देशन दिएको छ ।