दुल्लु (दैलेख) । राष्ट्रिय जनमोर्चा दैलेखका जिल्ला समिति सदस्य तथा अखिल नेपाल किसान महासंघ दैलेखका संयोजक कमरेड शेर बहादुर सिंहको निधन भएको छ । सिंहको २०८२ मंसिर १९ गते राती उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
यसैबीच राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका इन्चार्ज जनकराज शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत शोक व्यक्त गर्नुभएको छ :
‘दैलेख जिल्लाको लोकतान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेकोछ । उहाँको निधनबाट संगठनको आमूल परिबर्तनकारी आन्दोलन तथा सिंगो समाजलाई ठुलोक्षेती पुगेको छ ।’ शर्माले लेख्नुभएको छ– ‘मृतक सिंहप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’