तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका ३ को थारु गाउँ मैना र गाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा मैना र गाउँ कमिटी अध्यक्ष श्यामलाल थारुको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैले वर्तमान राजनीतिक परिस्थिति, जेनजी आन्दोलन र वर्तमान सरकारको बारेमा राजमोको धारणा एवं राजमोको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति सदस्य रामदेव कुर्मीले स्वागत मन्तव्य राख्नु भएको थियो, कार्यक्रम सञ्चालन शंकर थारुले गर्नु भएको थियो ।
यही मंसिर २४ गते चन्द्रौटामा हुने जिल्ला स्तरिय सभा सफल पार्न राजमो शिवराजले गाउँ स्तरिय भेला बैठक, प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।