• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अमेरिकाले नेपालबाट चिनियाँ दूताबास हटाउन चाहान्छ : केसी


  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी चलखेल तीव्र भएको बताउँदै नेपालबाट चिनियाँ दूताबास हटाउन अमेरिका लागिपरेको बताउनुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा २०८२ मङ्सिर १९ गते अबेर राति सम्पन्न भर्चुअल प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अमेरिकाले जेनजी आन्दोलन सञ्चालन गरेको बताउँदै उहाँले नेपालमा चिनियाँ गतिविधि उसलाई पटक्कै मन नपरेको बताउनुभयो ।
    उहाँले भन्नुभयो– ‘नेपालबाट चिनियाँ राजदूताबास हटाउने षड्यन्त्र भइरहेको छ ।’

    नेपालमा पुराना राजनीतिक पार्टीले पनि भारतीय र अमेरिकी एजेन्डा बोक्ने गरेको, त्यस क्रममा एमसिसी पास गरेको तर त्यतिले मात्र नपुगेर सिधै अमेरिकी हितमा काम गर्ने पार्टीको खोजी नेपाली राजनीतिमा भइरहेको उहाँको भनाइ थियो ।

    ‘जेनजी आन्दोलनले उठाएका दुईओटा माग जायज थिए तर त्यो आन्दोलनलाई अमेरिकाले हाइज्याक गर्‍यो’ उहाँले भन्नुभयो– ‘त्यो आन्दोलनका लागि अमेरिकाले ४७ करोड खर्च गरेको मिडियामा आएकै छ । जेनजी आन्दोलन उठाउन तालिम दिने काम पनि गरियो ।’
    यी सबै काम अमेरिकी जासुसी संस्था सिआइएले गरेको र पछिल्लो समयमा भारतीय जासुसी संस्था रअ पछि परेको खुलासासमेत उहाँले गर्नुभयो ।

    ‘हामीले जानकारी पाएका छौँ, सिआइएकी एक जना अफिसरले भनेकी छिन्, अहिलेसम्म हामीले ४५ ओटा देशका सरकार पल्टायौँ । यसले गर्दा हाम्रो बदनामी भयो । अब यसबारे विचार गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘यता रअका मानिसहरू भनिरहेका छन्, अहिलेसम्म नेपालको राजनीतिक उथलपुथलमा हाम्रै नियन्त्रण हुने गर्दथ्यो, अहिले त सिआइएले हामीलाई हेरेकोहेर्‍यै बनाइदियो ।’

    पछिल्लो समयमा मुख्यत: चीन विरोधी स्वार्थलाई केन्द्रविन्दुमा राखेर अमेरिकाले नेपालमा घनीभूत गतिविधि गरिरहेको उहाँको भनाइ थियो ।
    अमेरिकाले श्रीलङ्का र बङ्गलादेशमा सरकार पल्टाइसकेपछि नेपालमा सरकार पल्टाएको उहाँको ठहर थियो ।

    मन्तव्यको क्रममा उहाँले जेनजी आन्दोलनसँगै दलाई लामाको बधाईले अमेरिकी कनेक्सन पुष्टि भएको बताउनुभयो ।

    ‘जेनजी आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड समूह सामेल भएको तपाईंहामी सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘अब दलाई लामासँगै भागेर नेपाल आइपुगेका तिब्बती शरणार्थीलाई नेपालको नागरिकता दिनुपर्ने माग गरिएको छ ।’

    अध्यक्ष केसीले जेनजी आन्दोलनको नाममा चीनका विरुद्ध तिब्बत मामिला उपयोग गर्न अमेरिका लागिपरेको जिकिर गर्नुभयो ।

    आगामी चुनावमा अमेरिकी पक्षधर शक्ति बहुमतमा ल्याउन अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी वा त्यस्तै विकल्पमा काम गरिरहेको पनि बताउनुभयो ।

    जेनजी आन्दोलनले भ्रष्टाचार विरुद्धको विषय उठाएकोमा आफूहरूले समर्थन गरेको तर त्यो आन्दोलन भड्किएको प्रमाणस्वरूप उहाँले राजमोका कार्यालयमाथिको आक्रमणलाई लिनुभयो ।

    ‘जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धमा थियो तर भ्रष्टाचार गरेरै अकुत सम्पत्ति कमाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, सहकारी ठगीमा मुछिएका रास्वपाका नेताका घर जलाइएनन् बरु भ्रष्टाचारबाट अछुतो रहेको राजमोका कार्यालय जलाइयो’ उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादको निरन्तर विरोध गरेका कारण हाम्रा बुटवल, अर्घाखाँची, प्युठान र सुर्खेतका कार्यालय आगजनी गरिए ।’

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समेत प्रशिक्षण दिनुभएको सो कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माको पनि आतिथ्य रहेको थियो ।

    अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा महासचिव खुम रायमाझीको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अन्तमा शक्तमान बुढाथोकी, यमनारायण सापकोटा, धनराज शर्मा, कुलबहादुर बगाले, प्रेम आचार्य र नवीन बस्याले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.