काठमाडौँ । सिपी गजुरेलले नेतृत्व गर्दैआएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
Advertisement
मंसिर १६–१७ मा चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै उक्त पार्टीले चुनाव बहिष्कार गर्ने जनाएको छ ।
महासचिव गजुरेलले पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने बताए ।
महासचिव गौरवको नाममा जारी वक्तव्यमा पार्टीको सांगठनिक क्षमताको समस्यालाई ढाकछोप गर्दै सापेक्षतामा सत्ता र व्यस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिस्कार गर्न लागेको बताइएको छ ।
