काठमाडौँ । गत छ महिनादेखि परिवारसित सम्पर्कविहीन रहेका बागलुङ–१२ अमलाचौर पिपलबोटका अनिल नेपाली भेटिएका छन् ।
Advertisement
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पहलकदमीमा नेपाली फेला परेका हुन् ।
परिवारको तर्फबाट नैन सार्कीले २०८२ कात्तिक १५ गतेदेखि अनिलको खोजी गरिदिन निवेदन दिएका थिए ।
युएईस्थित सनफ्लावर रियलस्टेट जेनेरल कन्ट्र्रक्याटिङ एलएलसीमा क्लिनरको रूपमा कार्यरत नेपालीले परिवारसित सम्पर्क नगरेपछि परिवारले खोजी कार्य तीव्र पारेको थियो ।
समाजको अनुरोधमा युएई राजदूताबासस्थित दूतावासले खोजी कार्यका लागि आवश्यक समन्वय गरेको थियो ।
दूतावासले भेटिएका नेपाली दुई हप्ताभित्र नेपाल पुगिसक्ने दाबी गरेको छ ।

