काठमाडौँ । एमालेको ११औँ महाधिवेशनबाट खड्कप्रसाद ओली वा ईश्वर पोखरेल जुन अध्यक्ष भएपनि एकै हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । एमालेको नीति उही बहुदलीय जनवाद नै हुनेछ, त्यसैले जनताले कम्युनिस्ट व्यवस्था महशुस गर्न पाउँदैनन् दुबै एउटै हुन् केसीले बताउनु भयो ।
‘केही गरी ओली नआएर ईश्वर पोखरेल अध्यक्ष भएपनि त्यही बहुदलीय जनवादकै नारा लगाइराखेका छन्, त्यही नै लगाउने हुन् । त्यसकारण जो आए पनि कुनै परिवर्न आउने होइन ।’ केसीले एक मिडियासँग बोल्दै भन्नुभयो– ‘जनताको बहुदलीय जनवाद (जबज) सोभियत नेता ख्रुश्चेभको संशोधनवादी नीतिबाट प्रभावित विचलनमा आएको हो ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नाम कम्युनिस्ट राखेर पनि एमालेले पुँजीवादी तथा साम्राज्यवादी शक्तिहरूको एजेन्डा कार्यान्वयन गर्दै प्रतिगामी शक्ति (राप्रपा)सँग सहकार्य गरेको यथार्थ प्रस्तुत गर्नुभयो ।
लेनिनवादी संठनात्मक सिद्धान्त र कम्युनिस्ट चरित्रलाई कडाइका साथ लागू नगरुन्जेल एमालेबाट नयाँ जनवादी क्रान्ति सम्भव नुहने, बरू यो देशभक्त प्रजातान्त्रिक शक्तिका रूपमा मात्र रहने केसीको भनाई थियो ।
‘व्यवहारबाट जनताले कांग्रेस र एमाले फरक हुन् भनेर महसुस गर्न सक्नुपर्छ’ केसीले भन्नु भयो ।