• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • इन्डोनेसिया । श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ ।

    Advertisement

    छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो भूभागमा मुसलधारे वर्षा भएको थियो ।

    उत्तरी सुमात्रा आइपुग्नु भएपछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले ‘सबैभन्दा कठिन अवस्था अब बितिसकेको छ भन्ने आशा लिने समय आएको छ’ भन्दै सरकारले अब पृथक बस्ती र दुर्गम गाउँहरूमा तत्काल आवश्यक सहयोग पुर्‍याउने कार्यलाई अग्रता दिइरहेको जानकारी दिनुभयो ।

    उहाँमाथि बढ्दो जनदबाबका बीच, बाढी र भूस्खलनमा कम्तीमा ४४२ जनाको मृत्यु भइसकेको र सयौँ अझै बेपत्ता रहेको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने माग तीव्र बन्दै गएको छ । सन् २०१८ मा सुलावेसीमा आएको भूकम्प तथा त्यसपछिको सुनामीपछि प्राकृतिक विपत्तिमा इन्डोनेसियाले भोगेको यो सबैभन्दा ठूलो क्षति मानिएको छ । सरकारले तीनवटा युद्धपोत तथा दुईवटा अस्पताल जहाजहरू राहतसहित सबैभन्दा प्रभावित स्थानतर्फ पठाइसकेको छ, जहाँ सडक अवरुद्ध भएर स्थलमार्गबाट सहयोग पुर्‍याउन कठिन भएको छ ।

    उता श्रीलङ्कामा सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आधिकारिक आह्वान गरिसकेको छ । चक्रवात ‘दितवाह’ बाट उत्पन्न बाढी तथा भूस्खलनमा कम्तीमा ३४० जनाको मृत्यु भइसकेको पुष्टि गर्दै अधिकारीहरूले अझै ठूलो सङ्ख्यामा मानिस बेपत्ता रहेको जानकारी दिएका छन् । वर्षा कम हुँदै जाँदा राजधानी कोलम्बोमा रातारात बढेको बाढीको पानी घट्न थालेको भए पनि मध्यम क्षेत्रमा भएको क्षतिको वास्तविक अवस्था मात्र राहतकर्मीहरूले लडेका रूख र पहिरोले अवरुद्ध सडकहरू खोल्न थालेपछि खुल्न थालेको बताइएको छ ।

    कोलम्बोको उत्तरमा बस्ने मा ओयामाका हसिथा विजेवर्दनाले आफ्नै घर माटोले भरिएको अवस्थामा रहेको भन्दै सफाइका लागि सैन्य सहयोगको अपिल गर्नुभयो ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालीन अवस्था घोषणा भइसकेको र राष्ट्र पुन:निर्माणका लागि दृढप्रतिज्ञ रहेको बताउँदै ‘हामी इतिहासकै सबैभन्दा ठूलो र चुनौतीपूर्ण प्राकृतिक प्रकोपसँग जुधिरहेका छौँ र निश्चित रूपमा पहिलेभन्दा मजबुत राष्ट्र निर्माण गर्नेछौँ’ भन्नुभयो । सन् २००४ को विनाशकारी सुनामीपछि श्रीलङ्काले भोग्नुपरेको यो सबैभन्दा ठूलो मानवीय तथा भौतिक क्षति हो ।

    यता थाइल्यान्डमा दक्षिणी क्षेत्रका विभिन्न भूभाग डुबानमा परेपछि कम्तीमा १७६ जनाको मृत्यु भएको छ । यो एक दशकयताकै सबैभन्दा घातक बाढी घटना हो । सरकारले राहत कार्य सुरु गरिरहे पनि ढिलो र कमजोर प्रतिक्रियाप्रति जनआक्रोश बढ्दै गएको बताइन्छ । कथित लापरवाहीका कारण दुई स्थानीय अधिकारीलाई निलम्बन गरिएको छ । मलेसियामा पनि भारी वर्षाका कारण पर्लिस राज्यका ठूलो भूभाग डुबानमा परेका छन् र त्यहाँ कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    एसियाका धेरै देश मनसुनको चरम मौसममा रहेका कारण सामान्यतया भारी वर्षा तथा आकस्मिक बाढीका घटनाहरू दैनन्दिनजस्तै भए पनि यसपटक इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा आएको बाढी दुर्लभ उष्णकटिबन्धीय आँधी र जलवायु परिवर्तनले तीव्र बनाएको वर्षाले अझ बढाएको देखिन्छ । वातावरण तातिँदै जाँदा अधिक आद्र्रता सञ्चित हुने भएकाले अत्यधिक वर्षाका घटनाहरू झनै बढ्न थालेका विज्ञहरू बताउँछन् ।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.