काठमाडौँ । जर्मन कम्युनिस्ट पार्टीका नेताहरू स्टेफन एङ्गेल र मोनिका गार्टनरद्वारा लिखित “बुर्जुवा सामाजिक विज्ञान, धर्म र संस्कृतिको सङ्कट” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
जर्मन कम्युनिस्ट पार्टीकी अध्यक्ष गाबीको उपस्थितिमा २०८२ मङ्सिर १४ गते दरबारमार्गस्थित होटेलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तकका विषयवस्तुबारे गाबीले जर्मनीमा चर्चा गरेपछि जर्मनीबाट नेपालीमा एमएलपिडीकै आने तथा त्यसबाट सुवास जिसी र भीष्म जोशीले नेपाली भाषामा रूपान्तरण गर्नुभएको थियो ।
पुस्तकको बारेमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
फ्लोरबाट प्रतिभा पौडेल र प्रकाश थापामगरले पूरक जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, एमलपिडीका विभिन्न नेतालगायत थुप्रैको उपस्थिति रहेको थियो ।
