काठमाडौँ । नेकपा (माओवादी) ले अन्तर्राष्ट्रिय महिला विचारगोष्ठीलाई शुभकामना दिएको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८२ मङ्सिर ११ गते बिहीबार लिखित शुभकामना पठाउनुभएको हो ।
शुभकामना वक्तव्यमा गोष्ठीद्वारा महिलाका समस्याको अग्रगामी रूपान्तरणसहित क्रान्तिकारी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
पुँजीवादी–साम्राज्यवादी प्रवृत्तिका कारण महिलाले विभिन्न अमानवीय शोषण व्यहोर्दै आइरहेको शुभकामनामा उल्लेख छ ।
साम्राज्यवादकै कारण सम्पत्ति, राजनीति, संस्कृतिलगायतका क्षेत्रमा असमानता, विभेद र उत्पीडन बाँकी रहेको सो पार्टीको निष्कर्ष छ ।
पुँजीपतिको निजी फाइदाका लागि पानी, माटो, जङ्गल, हिउँ, वनस्पती, जीव सबैको विनाश हुन थालेकोमा पार्टीले चिन्ता व्यक्त गरेको छ ।
महिला सम्मेलनले महिलामुक्ति आन्दोलन, साम्राज्यवादी युद्ध र पर्यावरणरक्षाको विषयमा निकाल्ने निष्कर्षलाई कार्यान्वयन गर्न आफ्नो पार्टी तयार रहेको शुभकामनामा उल्लेख गरिएको ।
