• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय महिला गोष्ठीलाई मसालको शुभकामना


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले काठमाडौँमा मङ्सिर ११ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय महिला गोष्ठीको सफलताको शुभकामना व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले २०८२ मङ्सिर ११ गते बिहीबार शुभकामना व्यक्त गर्नुभएको हो ।

    शुभकामनामा संसारको आधा जनसङ्ख्या महिलाको भएर पनि उनीहरू उत्पीडित भएको स्मरण गर्दै यो सम्मेलनले विश्वभरिका महिलामुक्ति आन्दोलनलाई अगाडि बढाउन योगदान दिने आशा व्यक्त गरिएको छ ।

    साम्राज्यवादले महिलामुक्ति आन्दोलनलाई कुण्ठित गर्ने बताउँदै शुभकामनामा समाजवादले मात्रै महिलामुक्ति सुनिश्चित गर्ने धारणा व्यक्त गरिएको छ ।

    साम्राज्यवादले युद्ध प्रायोजित गर्ने धारणासमेत शुभकामनामा व्यक्त छ । शुभकामनामा युद्धका विरुद्ध विश्वशान्ति कायम गर्न महिलाहरू पनि अग्रपङ्क्तिमा आउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ ।

    यस्तो छ, शुभकामनाको पूर्ण पाठ :

    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले विश्व महिला सम्मेलनको तर्फबाट काठमाडौँमा आयोजित अन्तराष्ट्रिय महिला विचारगोष्ठीलाई अभिनन्दन गर्दै त्यसको भव्य सफलताका लागि शुभकामना दिन्छ ।

    विश्व महिला सम्मेलनले विश्वभरका महिलालाई एकताबद्ध र सङ्गठित गर्दै महिलामुक्ति आन्दोलनलाई अगाडि बढाउन लामो समयदेखि प्रशंसनीय भूमिका खेल्दै आएको छ । यसको लागि हामीले प्रसन्नता व्यक्त गर्न चाहान्छौँ कि त्यसको द्वितीय अन्तराष्ट्रिय सम्मेलन नेपालमा नै भएको थियो र त्यो क्रममा अहिले काठमाडौँमा नै अन्तर्राष्ट्रिय विचारगोष्ठी हुन थालिरहेको छ । त्यो विचारगोष्ठीमा भाग लिन संसारभरबाट आएका महिलालाई नेपालका आम जनता र नेपाली महिलाका तर्फबाट समेत हामीले अभिनन्दन गर्न चाहान्छौँ । त्यो विचारगोष्ठीले महिलासित सम्बन्धित महत्त्वपूर्ण विषयमा स्पष्ट सोचाइ बनाउन मदत गर्नेछ र त्यसबाट अन्तर्राष्ट्रिय स्तरमा महिलाको मुक्ति आन्दोलनलाई उच्च शिखरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिनेछ भन्ने हामीले विश्वास गरेका छौँ । त्यसबाट नेपालका महिला वा नेपालको महिलामुक्ति आन्दोलनलाई पनि अगाडि बढाउन धेरै नै मदत पुग्नेछ भन्ने पनि हामीले विश्वास गरेका छौँ ।

    संसारको कुल जनसङ्ख्यामा करिब आधा भाग महिलाको नै छ र उनीहरूको समाजमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । महिलाको त्यस प्रकारको योगदानको अभावमा समाजको अस्तित्व वा निरन्तरताको कल्पना पनि गर्न सकिँदैन तर समाजमा जुन महिलाको यति धेरै योगदान रहने गरेको छ, उनीहरू नै समाजमा अत्यन्त उत्पीडित हुँदै आउनुपरेको छ ।

    समाजको यति ठुलो र महत्त्वपूर्ण भाग पूरै मुक्त नहुँदासम्म, उनीहरूलाई पूर्ण स्वतन्त्रता र समानता प्राप्त नहुँदासम्म समाज सधैँ कुण्ठित रहनेछ र युगौँदेखि समाज त्यसरी कुण्ठित हुँदै आएको छ । त्यो अवस्थामा परिवर्तन गर्नका लागि महिलाको मुक्ति ऐतिहासिक आवश्यकता हो । यो स्वागतयोग्य कुरा हो कि संसारभरका महिलाले लामो समयदेखि आफ्नो मुक्तिको लागि सङ्घर्ष गर्दै आएका छन् ।

    महिलाको मुक्ति आन्दोलन समाजका सम्पूर्ण शोषित, उत्पीडित जनताको मुक्ति आन्दोलनको एउटा महत्त्वपूर्ण कडी वा अङ्ग हो । त्यसकारण समाजका सम्पूर्ण शोषितपीडित र मिहिनेतकस जनताले महिलामुक्ति आन्दोलनलाई अगाडि बढाउन पूरै मदत गर्नुपर्दछ र उनीहरूले यो बुझ्नुपर्दछ कि महिलालाई समाजमा पूर्ण स्वतन्त्रता र समानता नमिल्दासम्म उनीहरूको पनि मुक्ति सम्भव छैन ।

    अहिले पूरै संसारमा युद्धको खतरा लगातार बढ्दै वा गम्भीर हुँदै गइरहेको छ । त्यो क्रममा अहिले इजरायलको फासिष्ट सरकारले गाजामा गरिरहेका आक्रमणबाट त्यहाँ जुन ठुलो पैमानामा धनजनको क्षति भइरहेको छ, महिला र बालबालिकासमेतको ठुलो सङ्ख्यामा हत्या भइरहेको छ र भोकमरीसमेतको स्थिति सिर्जना भइरहेको छ, त्यो मानवजातिको इतिहासको नै अत्यन्त गम्भीर प्रकारको विध्वंसात्मक कार्य हो । त्यहाँको बर्बर र ध्वंसात्मक अवस्थाबाट युद्धबाट समाजलाई कुन हदसम्म नोक्सान पुग्न सक्दो रहेछ ? त्यो कुरा छर्लङ्ग भएको छ ।

    प्यालिस्टाइनी जनतामाथि भइरहेको त्यो आक्रमण खालि त्यहाँको स्थानीय समस्या मात्र होइन र त्यसलाई मानवजातिको नै अत्यन्त ठुलो दुर्दशाको रूपमा लिनुपर्दछ । त्यसबाट यो कुरा पनि स्पष्ट हुन्छ कि कुनै पनि स्थानमा युद्ध हुन्छ भने त्यसबाट जनतालाई कति धेरै क्षति पुग्दो रहेछ । अहिले संसारका कैयौँ देशमा युद्ध चलिरहेका छन् र संसारमा विश्वयुद्धको खतराको आशङ्का पनि निकै बढेर गएको छ । आजको युगमा विश्वयुद्ध हुन्छ भने त्यसले आणविक रूप लिने नै बढी सम्भावना छ । आणविक युद्ध हुन्छ भने त्यसले सम्पूर्ण मानवजातिलाई ध्वस्त गर्नेछ । त्यसकारण युद्धलाई रोक्न र विश्वशान्ति कायम गर्नका लागि संसारभरका शान्तिप्रिय जनता अगाडि आउनुपर्ने आवश्यकता छ ।
    महिलाले पनि युद्धका विरुद्ध र शान्तिको पक्षमा अग्रपङ्तिmमा आएर आवाज उठाउनुपर्ने आवश्यकता छ किनभने युद्धद्वारा सबैभन्दा बढी क्षति महिला र बालबालिकालाई नै पुग्दछ । युद्धमा जुनसुकै पक्षको जित भए पनि त्यो जित दुबै पक्षका सैनिकको मृत्युपछि नै प्राप्त हुन्छ ।

    युद्धमा मारिने सैनिकको मृत्युबाट सबैभन्दा बढी मार उनीहरूका घरका महिला र बालबालिकामाथि नै पर्दछ । त्यसरी युद्धमा जुनसुकै पक्षको जित भए पनि त्यसबाट दुबै पक्षका मृतक सैनिकका घरका महिला र उनीहरूका केटाकेटीले नै बढी क्षति बेहोर्नुपर्दछ । त्यो क्षति शारीरिक र मानसिक दुबै प्रकारको हुन्छ र त्यो लामो समयसम्म कायम रहन्छ । त्यसरी युद्धद्वारा महिला नै सबैभन्दा बढी पीडित हुनुपर्ने हुनाले युद्धका विरुद्ध उनीहरू नै सबैभन्दा बढी मैदानमा उत्रिनुपर्ने आवश्यकता छ । हामीले आशा गर्दछौँ, यो विचारगोष्ठीमा हुने छलफलले महिलामा त्यस प्रकारको चेतना पैदा गर्न मदत गर्नेछ ।

    युद्धको मुख्य स्रोत साम्राज्यवाद नै हो । साम्राज्यवादी शक्तिले आफ्नो नाफा बढाउनका लागि संसारभरि नै आफ्नो साम्राज्य कायम गर्ने प्रयत्न गर्दछन् । त्यसका लागि उनीहरूले धेरै देशमा कब्जा जमाउनुपर्ने आवश्यकता हुन्छ, जसबाट उनीहरूलाई बढीभन्दा बढी नाफा प्राप्त हुन सकोस् । त्यसका लागि उनीहरूले ठुलो पैमानामा युद्ध गर्ने गर्दछन् र त्यसबाट विश्वशान्तिको अवस्था धेरै नै खलबलिन पुग्दछ । त्यसकारण विश्वमा शान्तिको रक्षा वा युद्धलाई रोक्नका लागि मानव जातिलाई आणविक हतियारबाट सम्भावित विध्वंसबाट बचाउनका लागि पनि साम्राज्यवादको विरोध ऐतिहासिक आवश्यकता बन्न गएको छ । त्यसका लागि महिलाले पनि अग्रिम पङ्क्तिमा आएर आवाज उठाउनुपर्ने आवश्यकता छ । हामीले आशा गर्दछौँ, विश्व महिला सम्मेलनले पनि विश्वशान्तिको रक्षा र युद्धको विरोधका लागि साम्राज्यवादको विरुद्ध स्पष्ट नीति अपनाएर आफ्नो सङ्घर्षलाई अगाडि बढाउनेछन् । शान्ति हामी सबैलाई चाहिन्छ तर शान्तिका लागि युद्धको विरोध गर्नुपर्दछ । त्यसका लागि साम्राज्यवाद विरुद्धको सङ्घर्ष निर्णायात्मक महत्त्वको कुरा हो । त्यसका लागि विश्वका सम्पूर्ण शान्तिप्रिय जनताका साथै महिलाको पनि गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    महिला र समाजका सम्पूर्ण शोषितपीडित जनताका समस्याको एक मात्र समाधान समाजवादी व्यवस्थाको स्थापनापछि नै हुन्छ । बताइरहनुपर्ने आवश्यकता छैन, समाजवादले व्यापक जनसमूहको शोषण र उत्पिडनमाथि आधारित सबै शोषक वर्गको स्वर्गीय जीवनलाई अन्त्य गरिदिनेछ । त्यसैले संसारभरका सबै पुँजीपति वा शोषक वर्गले समाजवादलाई रोक्नका लागि सधैँ पूरा शक्ति लगाउने गरेका छन् । त्यसरी त्यो युद्धमा समाज स्पष्ट रूपले दुई भागमा बाँडिएको छ । ती दुबैमध्ये पुँजीवादको जित हुन्छ वा समाजवादको ? त्यसले नै मानवजातिको भविष्यलाई निर्धारण गर्नेछ । समाजको सम्पूर्ण उन्नति र शान्तिको लागि समाजवादको विजय निर्णायात्मक महत्त्वको कुरा हो र त्यो विजयले महिलाको सम्पूर्ण मुक्तिलाई पनि सुनिश्चित गर्नेछ । त्यसकारण समाजवादको विजयका लागि सम्पूर्ण महिला अग्रिम पङ्क्तिमा आउनुपर्ने आवश्यकता छ ।

    ऐतिहासिक कालदेखि नै सबै शोषक वर्गले र अहिलेको युगमा पुँजीपतिले पनि आफ्नो सत्ता कायम गर्नका लागि राज्ययन्त्रको प्रयोग वा दमनमा धेरै नै जोड दिन्छन् तर उनीहरूको त्योभन्दा ठुलो हतियार शोषित वा मिहिनेतकस जनताको मनमस्तिष्कमा कब्जा जमाउनु वा त्यसलाई दास बनाउने नै हुन्छ । त्यसरी उनीहरूले जनतामा दास मनोवृत्ति बढाएर नै आफ्नो सत्तालाई मजबुत पार्ने र त्यसलाई दीर्घायु बनाउने प्रयत्न गर्दछन् र त्यसका लागि उनीहरू युगौँदेखि सफल पनि हुँदै आएका छन् । त्यसकारण समाजवादी आन्दोलनलाई सफल बनाउनको लागि हामीले सर्वप्रथम मानिसको मस्तिष्कलाई नै दास मानसिकताबाट मुक्त बनाउने प्रयत्न गर्नुपर्दछ । यो कुनै लुकेको कुरा होइन कि महिला पनि प्रतिक्रियावादी भ्रमजालबाट अत्यन्त प्रभावित हुने गर्दछन् र त्यसले पनि प्रतिक्रियावादी सत्तालाई धेरै मदत पुग्ने गर्दछ । त्यही कारणले महिला मुक्ति आन्दोलनलाई पनि धेरै कमजोर बनाउँछ । त्यसकारण एकातिर समाजवादको विजयलाई सुनिश्चित गर्न र स्वयम् महिला मुक्ति आन्दोलनलाई शक्तिशाली बनाउन पनि महिलामा उच्च प्रकारको जागरण निर्णायात्मक महत्त्वको कुरा हुन जान्छ । त्यो दिशामा धेरै नै प्रयत्न गर्नुपर्ने आवश्यकता छ र हामीले आशा गर्दछौँ, अहिले काठमाडौँमा हुन थालिरहेको विचारगोष्ठीले पनि महिलामा उच्च जागरण ल्याउन महत्त्वपूर्ण योगदान दिनेछ भन्ने हामीले आशा गर्दछौँ ।

    अन्तमा नेकपा (मसाल) ले तपाईंहरूको विचारगोष्ठीको पुन: भव्य सफलताको कामना गर्दछ ।”

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.