• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु


  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
  • जेरुसेलम । इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतङ्कवाद विरोधी’ अपरेसन सुरु गरेको घोषणा गरेको छ । सेनाले जारी गरेको संयुक्त विज्ञप्तामा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ भनिने क्षेत्रमा सञ्चालन गरिएको व्यापक सुरक्षात्मक पहलको एक महत्त्वपूर्ण हिस्सा रहेको उल्लेख गरिएको छ ।

    Advertisement

    सैन्य अधिकारीहरू तथा आन्तरिक सुरक्षा सेवाबाट जारी गरिएको उक्त विज्ञप्तामा वेस्ट बैंकका केही भागका लागि प्रयोग हुने बाइबलीय शब्दसमेत उल्लेख गर्दै कारबाही औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरिएको छ ।

    एएफपीको लिखित जिज्ञासाको जवाफमा इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाँ रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पहिलेको आतङ्कवाद विरोधी अभियानको निरन्तरता नभएको स्पष्ट पारेको छ । सो पुरानो अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरहरूलाई लक्षित गर्दै आएको थियो ।

    सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको गाजा युद्धले हिंसा झनै चर्किएको छ । यद्यपि गाजामा अक्टोबर १० देखि लागू भएको नाजुक युद्धविराम अहिले पनि औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा हिंसात्मक गतिविधि रोकिएको छैन ।

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा आधारित एएफपीद्वारा सङ्कलित विवरणअनुसार गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा इजरायली बसोबासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ । तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलै सङ्ख्यामा सर्वसाधारण नागरिक पनि मारिएका छन् ।

    उता, आधिकारिक इजरायली विवरणअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमण तथा इजरायली सैन्य कारबाहीका क्रममा सैनिक र नागरिक गरी कम्तीमा ४४ इजरायलीले ज्यान गुमाएका छन् ।

    बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.