काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले आगामी २०८२ फागुन ६ गते काठमाडौँमा वृहत् सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । हालै बुटवलमा सम्पन्न रक्तिमको केन्द्रीय समितिको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
अभियानका महासचिव हेमराज आश्रमले दिनुभएको जानकारी अनुसार हालै सम्पन्न रक्तिमको केन्द्रीय समितिको पूर्ण बैठकले काठमाडौँको राष्ट्रिय नाचघरमा वृहत सांस्कृतिक कार्यक्रम भएको हो ।
आश्रमले युगदर्शनलाई जानकारी दिनुभएको जानकारी अनुसार रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रम टिकट सो हुनेछ ।
सो अवसरमा रक्तिमका केन्द्रीय कलाकारहरूले अपेरा नृत्य, नृत्य, विभिन्न जाति विशेषका झलक सहित नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले रचना गर्नुभएको ‘युग बोल्छ’ नाटक पनि प्रस्तुत हुने महासचिव आश्रमले बताउनु भयो ।

आश्रमका अनुसार राष्ट्रिय नाचघरमा हुने उक्त कार्यक्रम सफल पार्नका लागि विभिन्न जिल्लाहरूका रक्तिम टोलीहरूले पनि आ–आफ्नो स्तरमा तयारी शुरु गरेका छन् । कार्यक्रम राष्ट्रिय नाचघरको मेघा हलमा सम्पन्न हुनेछ ।
काठमाडौँमा सांस्कृतिक कार्यक्रम सम्पन्न पश्चात देशका अन्यहरू बाग्लुङ, प्यूठान, अर्घाखाँची, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, चितवनको नारायणगढमा पनि कार्यक्रम गरिनेछ ।