पोखरा । पोखरामा २३ र २४ गते भएको जेनजी आन्दोलनमा संलग्न ५६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
लुटपाट, आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो ।
हालसम्म ५६ जना पक्राउ परिसकेका र धेरैलाई उपद्रव कसुरमा अनुसन्धान गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले खोजीखोजी पक्राउ गरिरहेका छौँ ।
अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ, नभए रिहा हुन्छन्,’ उनले भने, ‘शंकास्पद नभएका व्यक्तिहरू पक्राउ परेका छैनन् । कुनै न कुनै गतिविधिमा संलग्न भएको पुष्टि भएपछि फोटो वा भिडियोको प्रमाणका आधारमा मात्रै पक्राउ परेका छन् ।’
उनका अनुसार केहीलाई धरौटीमा रिहा गरिएपनि अधिकांशमाथि अनुसन्धान अघि बढेको छ । पक्राउ परेकामध्ये ३६ जनामाथि अनुसन्धान अघि बढेको उनले जानकारी दिए । ‘अदालतको आदेशले केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएको छ ।