• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा–सूची’ भएको दाबी


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • ह्यालिफ्याक्स (नोभा स्कोटिया) । रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।

    Advertisement

    सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै भएको बताउनुभएको थियो ।

    तर यस दाबीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट रूपमा असत्य भन्दै खण्डन गरे । त्यसपछि रुबियोले समेत असाधारण रूपमा अनलाइन प्रतिक्रिया दिँदै सांसदहरूले आफूलाई गलत बुझेको सङ्केत गर्नुभयो । यद्यपि ती सांसदहरूले भने उक्त जानकारीको स्रोत रुबियो आफैँ भएको दाबी गरिरहे । रुबियोले मस्कोको हितमा अत्यधिक झुकेको देखिने शान्ति प्रस्तावका सम्बन्धमा वासिङ्टनकै जिम्मेवारी रहेको बताउँदै आफ्नो थप अडान सार्वजनिक रूपमा दोहोर्‍याउनु भयो ।

    ट्रम्प प्रशासनको अनुमोदन पाएको, व्यापक रूपमा चुहिएको २८ बुँदे अमेरिकी शान्ति योजना ह्वाइट हाउसका अनुसार रुबियो र राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच झन्डै एक महिनासम्म चलिरहेको परामर्शको नतिजा हो । उक्त प्रस्तावमा युक्रेनले ठूलो भूभाग त्याग्नुपर्ने जस्ता धेरै रूसी मागहरू समावेश गरिएका छन् । भूभाग त्याग्नुपर्ने प्रस्तावलाई युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले धेरैपटक अस्वीकार गर्दै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनले अर्को हप्ताको अन्त्यसम्ममा योजना स्वीकार गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

    क्यानाडामा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै दक्षिण डकोटाका रिपब्लिकन सांसद माइक राउन्ड्सले वर्तमान स्वरूपमा सार्वजनिक भएको योजनाका लागि प्रशासन जिम्मेवार नरहेको दाबी गर्नुभयो । उहाँका अनुसार यो योजना मात्र एक प्रारम्भिक रूपरेखा हो । सांसद राउन्ड्सले कडा शब्दमा टिप्पणी गर्दै भन्नुभयो, “यो त रूसी भाषामै लेखिएको जस्तो देखिन्छ ।”

    रुबियो जेनाभा प्रस्थान गर्दै गर्दा सांसदहरूसँग गरिएको सम्पर्कपछि उहाँलाई उद्धृत गर्दै स्वतन्त्र सिनेटर एङ्गस किङले योजना ‘प्रशासनको आधिकारिक प्रस्ताव नभई रूसी पक्षको चाहनाको सूची मात्र’ रहेको बताउनु भएको दाबी र्नुभयो । विदेश नीति र सुरक्षा विषयमा लामो अनुभव भएका द्विदलीय सांसदहरूको समूहले प्रेस सम्मेलनमार्फत यही धारणा साझा गर्दै रुबियोले आफ्नै जवाफमा दिएको सङ्केत नागरिकहरूलाई सुनाए ।

    एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्री दुवैको भूमिकामा रहेका रुबियो जेनाभामा हुने आगामी बैठकमा अमेरिकी प्रस्तावबारे छलफल गर्न सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि उहाँले सार्वजनिक रूपमा सिनेटरहरूको दाबीलाई अस्वीकार गर्दै एक्समा लेख्नुभएको थियो, “शान्ति प्रस्ताव अमेरिका द्वारा लेखिएको हो । यो रूसी तथा युक्रेनी दुवै पक्षबाट प्राप्त इनपुटमा आधारित छ । यही प्रस्तावलाई निरन्तर वार्ताका लागि बलियो ढाँचा रूपमा प्रस्तुत गरिएको छ ।”

    विदेश मन्त्रालयलका प्रवक्ता टोमी पिगटले सांसदहरूको सार्वजनिक दाबी ‘स्पष्ट रूपमा झुटो’ भएको पुन: औँल्याउनुभयो । त्यस्तै ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पनि नाम गोप्य राख्दै प्रशासनले सुरुदेखि यस प्रस्तावलाई दीर्घकालीन शान्ति प्रक्रियातर्फ अघि बढ्ने प्रारम्भिक सहमतिको रूपमा रहेको बताएका छन् ।

    यसबीच, शनिबार फोरममा सहभागी सिनेटरहरूले यो प्रस्तावले मस्कोलाई आक्रामकताका लागि नै पुरस्कार दिने चेतावनी दिए । सिनेटर किङले भन्नुभयो, “यसले आक्रामकतालाई पुरस्कृत गर्छ—यति सरल कुरा हो । पूर्वी युक्रेनमा रूसको दाबीको कुनै नैतिक, कानूनी वा राजनीतिक औचित्य छैन ।”

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार ढिलो प्रतिक्रिया दिँदै यदि अमेरिका युक्रेन र युरोपेली सहयोगीहरूलाई सहमत गराउन सक्षम हुन्छ भने यो प्रस्ताव ‘अन्तिम शान्ति सम्झौताका लागि आधार बन्न सक्ने’ आशा व्यक्त गर्नुभएको थियो ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने प्रत्यक्ष अस्वीकार नगरे पनि आफ्नो सम्बोधनमा शान्तिपूर्ण र उचित व्यवहारप्रति जोड दिनुभयो । उहाँले कठिन समयका बाबजुद वासिङ्टनलगायत अन्य साझेदारहरूसँग निरन्तर सहकार्य जारी राख्ने प्रतिज्ञा गर्नुभयो ।

    यस वर्ष आफ्नो १७ औँ संस्करणमा प्रवेश गरेको ह्यालिफ्याक्स अन्तर्राष्ट्रिय सुरक्षा फोरममा ह्यालिफ्याक्सस्थित वेस्टिन होटलमा करिब ३०० सुरक्षा विज्ञ, अमेरिकी सिनेटर, कूटनीतिज्ञ तथा सैन्य अधिकारीहरूलाई भेला गराएको छ । तर यस वर्ष ट्रम्प प्रशासनले थिङ्क ट्याङ्कहरूद्वारा आयोजना गरिने कार्यक्रमहरूमा अमेरिकी रक्षा अधिकारीहरूको सहभागिता निलम्बन गरेपछि फोरममा असहजता झनै बढेको छ ।

    क्यानाडा–अमेरिका सम्बन्धमा देखा परेको हालको चिसोपन, व्यापार युद्ध र क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रहजस्ता विवादास्पद अभिव्यक्तिले वातावरण थप तनावग्रस्त बनाएको छ । यसका कारण धेरै क्यानाडाली नागरिकले अमेरिका यात्रा गर्न अस्वीकार गर्दै आएका छन् र यतिबेला न्युह्याम्पशायर जस्ता सीमावर्ती अमेरिकी राज्यहरूमा पर्यटन क्षेत्रमा उल्लेख्य गिरावट देखिएको छ

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.