• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सिमरा आज पनि अशान्त


  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • सिमरा । बारा जिल्ला प्रशासन कार्यालयले सिमरामा आज पनि कफ्र्यु लगाएसँगै अशान्त बनेको छ । हिजो मङ्सिर ३ गते प्रदर्शनकारी जेनजी युवा र प्रहरीबिच झडप भएपछि प्रशासनले कफ्र्यू जारी गरेको हो ।

    Advertisement

    अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    वीरगञ्ज पथलैया सडकखण्डको पथलैयाचोक दक्षिणदेखि जितपुर लल्कापुलसम्म राजमार्गको दायाबाया पाँच सय मिटर र सिमरा विमानस्थलको पाँच सय मिटर क्षेत्रमा कफ्र्यू लगाइएको छ ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) अनुसार ती स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ ।

    जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ सङ्गठन युवा सङ्घका कार्यकर्तालाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए ।

    युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैयाखण्डमा यातायात अवरुद्ध छ । सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् ।

    उनीहरूले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेतामाथि कडा कारबाहीको माग गरेका छन् ।

    उनीहरूले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितका व्यक्तिलाई विपक्षी बनाउँदै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरीसमेत दर्ता गराएका थिए ।

    जेनजी अगुवा सम्राट उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफूलगायत जेनजी युवा साथीलाई कुटपिट गर्नेलाई बिहान १० बजेसम्म कारबाही नगरेको खण्डमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।

    बुधबार दिउँसो प्रदर्शनका क्रममा एमालेका कार्यकर्ता र जेनजी युवाबिच झडप भएको थियो । त्यसको विरोधमा उनीहरूले सिमरा

    विमानस्थल अगाडि प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।

    प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्नुका साथै विमानस्थलको गेटमा तोडफोड गरेका थिए ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने जिल्ला प्रशासनले दिउँसो १२:३० देखि साँझ ८ बजेसम्म कफ्र्यू जारी गरेको थियो ।

    जाहेरी दरखास्तमा किटानी नाम उल्लेख भएकामध्ये जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने धनबहादुर श्रेष्ठ र वडा नं. ६ बस्ने कैमुद्धिन अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.